काठमाडौंको ३२ वटै वडाबाट कोरोनाविरुद्धको खोप दिइने


नेपाल समाचारपत्र ,काठमाडौं ।

काठमाडौं महानगरपालिकाले कोरोना भाइरसविरुद्धको भेरोसेल खोप ३२ वटै वडाबाट दिने भएको छ ।मंगलबारदेखि सञ्चालन हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकले महानगरको पायक पर्ने वडाको खोप केन्द्रमा पुगेर कोरोना विरुद्धको खोप लगाउन सक्ने महानगरले जनाएको छ । खोप अभियान २९ जेठसम्म सञ्चालन हुनेछ ।

चीन सरकारको दोस्रोपटक अनुदानमा नेपालले १० लाख मात्रा खोप प्राप्त गरेको हो । यसअघि पनि चीन सरकारले नेपाललाई ८ लाख मात्रा खोप अनुदानमा उपलब्ध गराएको थियो । पहिलो अनुदानको भेरोसेल खोप १८ देखि ४९ वर्ष उमेर समूहका नागरिकलाई दिइएको थियो ।यसपटक भने चीनमा उत्पादन गरिएको भेरोसेल खोपलाई विश्व स्वास्थ्य संगठनले १९ वर्ष माथिका जुन उमेर समूहले लगाउन मिल्ने जानकारी दिएपछि नेपाल सरकारले ६० देखि ६४ वर्षसम्मका नागरिकलाई दिन लागेको हो ।महानगरपालिकाले १ देखि ३२ वडाहरूमा क्रमशः नन्दी रात्री स्कुल, नक्साल २ नं वडा कार्यालय, लाजिम्पाट,३ नं वडा कार्यालय, महाराजगञ्ज कान्ति सांस्कृतिक केन्द्र, ४ नं वडा कार्यालय, वालुवाटार, ५ नं वडा कार्यालय, हाँडीगाउँ, वडा नं ६ को महेन्द्र बौद्ध उच्च माध्यमिक विद्यालय, बौद्ध, ७ नं वडा कार्यालय, मित्रपार्क, चावहिल, वडा नं ८ को गोल्डेन लाइट पार्टी प्यालेस, जय बागेश्वरी, वडा नं ९ को अनुपम फुडल्यान्ड, बत्तीस पुतली, वडा नं १०. म्याक डोनाल्ड पार्टी प्यालेस, मध्यबानेश्वरलाई खोप केन्द्र तोकेको छ ।

त्यस्तै, ११ वडाको विश्व निकेतन उच्च माध्यमिक विद्यालय, त्रिपुरेश्वर १२ वडाको बुद्ध माई अस्पताल, टेकु, १३ वडाको जनप्रभात माध्यमिक विद्यालय, कालीमाटी, १४ वडा कार्यालय, भुवनेश्वरी कलंकी, १५ वडाको भुइँखेल चौर, स्वयम्भू, १६ वडाको बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र जुडो हल, नयाँ बजार र १७ वडाको पब्लिक युथ क्याम्पस, धोवी चौर,१८ वडाको पुष्पलाल पार्क, विष्णुमती किनार,वडा १९ कार्यालय परिसर,२० वडाको शान्ति निकुञ्ज माध्यमिक विद्यालय, भगवती बारीमा खोप केन्द्र तोकिएको छ ।त्यसैगरी, २१ वडाको सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, यंगाल, २२. वडा कार्यालय, टेवहाल, २३ वडाको नव आदर्श विद्यालय, वसन्तपुर, २४ वडाको इतुम्बहाल, तारणीबहाल, २५ वडाको कन्या मन्दिर माध्यमिक विद्यालय, छत्रपाटी, २६ वडा कार्यालय परिसर, लैनचौर, २७ वडाको महाबौद्ध चोक, २८ वडा कार्यालय परिसर, सिटी मार्केट, २९ वडाको विजय स्मारक माध्यमिक विद्यालय, डिल्लीबजार, ३० वडाको सामुदायिक सहरी स्वास्थ्य क्लिनिक, ज्ञानेश्वर चोक, ३१ वडाको ई. पी. एस. स्कूल, मीनभवन र ३२ वडा कार्यालय परिसर, पाल्पाकोटमा खोप केन्द्र तोकिएको छ ।