अमेरिकाले आफूलाई शक्तिशाली ठान्नु गलत हो: पुटिन


मस्को, (एजेन्सी) ।

रुसी राष्ट्रपति भ्लादिमिर पुिटनले संयुक्त राज्य अमेरिकाले आफू निकै शक्तिशाली भएकाले अन्य सबै मुुलकलाई तर्साउन सक्षम भएको र यही शक्तिको कारण पूर्व सोभियत संघको पतन भएको ठान्नु गलत भएको विचार व्यक्त गरेका छन् । रुसी समाचार निकाय तासका अनुसार शुक्रबार राति आयोजित पत्रकार सम्मेलनमा मस्कोविरुद्धको अमेरिकी नाकाबन्दी सम्बन्धमा कुरा गर्ने सिलसिलामा पुटिनले यो प्रतिक्रिया दिएका हुन् ।

पुटिनले यसै वर्ष मात्र अमेरिकी राष्ट्रपति पदभार सम्हालेका जोय बाइडेनसँग केही दिनमै प्रत्यक्ष भेटवार्ता गर्ने भएका छन् । अप्रिलमा बाइडेन सरकारले रसियामाथि थुप्रै विषयमा नाकाबन्दी लगाउने निर्णय गरेको थियो ।पुटिनले भनेका छन्– ‘हामीले अन्य श्रोतलगायत अमेरिकी कंग्रेसबाट पनि डर धम्कीहरू दिएको सुन्छौं । अमेरिकाको आन्तरिक राजनीतिक प्रक्रिया सिलसिलामा यस्तै कार्य गरिने गरिन्छ । यस्तो काममा लाग्ने मानिसहरूले शायद अमेरिका आर्थिक, सैनिक र राजनीतिक मामिला शक्तिशाली भएकाले यसले चाहेको कुरा गर्न सक्छ भन्ने सोचका होलान् ।

तिनीहरूले जे सोच्छन् त्यो कुनै ठूलो कुरा भने हैन । अमेरिकाको यस्तो व्यवहारले मलाई सोभियत संघ काललाई सम्झाउँछ । सम्राटहरूको समस्या भनेकै तिनीहरूले आफू शक्तिशाली भएकाले जुनसुकै गल्ती गर्नसक्छु भनेर सोच्नु हो । हामी त्यस्ता मानिसहरूलाई खरिद गर्छौ । तिनीहरूलाई निरुत्साहित गर्छौं, तिनीहरूसँग सम्झौता गर्छाैं, तिनीहरूलाई महँगा हार दिन्छौं, युद्धपोतबाट तर्साउँछौं र यसले सम्पूर्ण समस्या समाधान हुन्छ । तर, फेरि समस्याको शुरुआत हुन्छ । एउटा यस्तो क्षण आइपुग्छ जुन बेला समस्यालाई थप समाधान गर्न सकिन्न । ’यी सम्पूर्ण तनावित विषयमा छलफल गर्न बाइडेन र पुटिनबीच आगामी १६ जुनमा जेनेभामा भेटवार्ता हुन लागेको ह्वाइट हाउस र क्रेमलिनले जनाएका छन् ।