प्रधानन्याधीश जबरा अस्वस्थ, संवैधानिक इजलास स्थगित


न्यज अफ नेपाल ,काठमाडौं ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आज सुनुवाइ नहुँने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जवरा अस्वस्थ भएपछि आज संवैधानिक इजालास स्थगित भएको सर्बोच्च अदालत प्रशासनले जनाएको छ । प्रधानन्यायाधीश जवराको अस्वस्थ को कारण केही खुलाइएको छैन ।

संवैधानिक इजलासको पेशी अब बुधबार मात्रै तोकिनेछ । गत शुक्रबारदेखि प्रतिनिधिसभा विघटन मुद्दाको बहस सुरू भए पनि शुरूमा संवैधानिक इजलास गठनमा भएको विवादपछि दोस्रो पटक प्रधानन्यायाधीश जबराले आइतबार इजलास पनुर्गठन गरेका थिए ।महान्यायाधिवक्ता रमेश बडाल, पूर्वमहान्यायाधिवक्ता अग्नि खरेल, वरिष्ठ अधिवक्ता सुशील पन्तलगायत सरकार पक्षका वकिलहरूले भट्टराई र कार्कीबाट न्यायिक निष्पक्षता हुन नसक्ने तर्क गरेपछि इजलास विवाद भएको थियो ।

प्रधानन्यायाधीश जबराले आइतबार वरिष्ठताका आधारमा संवैधानिक इजलास गठन गरेका थिए । संवैधानिक इजलासमा न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई छन् ।प्रतिनिधिसभा पुनःस्थापना गर्नुपर्ने र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नु पर्ने मागसहित विपक्षी गठबन्धनका पाँच दलमा आवद्ध १४६ जना तत्कालीन सांसदको संयुक्त रिटसहित देउवाको पक्षमा २६ वटा रिट निवेदन परेका छन् ।