काठमाडौं महानगरले ज्येष्ठ नागरिकलाई भोलिदेखि कोरोना खोप लगाइने


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं महानगरपालिकाले ज्येष्ठ नागरिकलाई मंगलबारदेखि कोरोनाविरूद्ध खोप लगाउने भएको छ। चीनबाट ल्याइएको चिनियाँ भेरोसेल खोपको पहिलो मात्रा ५ दिनसम्म लगाइने छ ।

मंगलबारबाट सुरु हुने खोप अभियानमा ६० देखि ६४ वर्ष उमेर समूहकालाई मात्रै खोप दिइनेछ । बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म नजिकको वडा कार्यालयमा गएर खोप लगाउन सकिन्छ। खोप लगाउनका लागि उमेर खुल्ने परिचय पत्र साथै लैजानुपर्नेछ ।