एनएमबि बैंकले विद्युतीय गाडीमा कर्जा दिने


काठमाडौं, नेस

एनएमबि बैंकले विद्युतीय सवारी साधन र साइकल कर्जा सम्बन्धी छुट्टाछट्टै कर्जा योजना ल्याएको छ । बैंकले विश्व वातावरण दिवसको अवसरमा क्रेडिट कार्ड वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस रेटमै कर्जा प्रदान गर्नुको साथै ८० प्रतिशतसम्म फाईनान्सिङ, ७ वर्ष कर्जा अवधि, प्रशानिक शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुटको अफर ल्याएको हो ।

एनएमबि बैंक र माउन्टेन बाईक विक्रेताबीच जुन महिनाभरी शून्य प्रतिशत ईएमआईमा शून्य सदस्यता शुल्क र वार्षिक शुल्कमै साइकल बुक वा खरिद गर्न सकिने योजना पनि ल्याएको छ । यस अन्तर्गत एनएमबिका ग्राहकले एपिक माउन्टेन बाईक झम्सिखेल, ग्राभिटि नेपाल झम्सिखेल, हिमालयन सिंगल ट्रेक ठमेल, काडमाडौं बाईक स्टेशन पानीपोखरी, साइकल ल्याण्ड, काडमाडौंबाट माउन्टेन बाइकहरु एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत २४ महिनासम्मको सरल किस्ताबन्दीमा खरिद गर्न सक्नेछन् । एनएमबि बैंकले हाल १८१ शाखा, १३७ एटीएम, ९ एक्सटेन्सन काउन्टरमार्फत् सेवा प्रदान गर्दै आएको छ ।