कोरियाद्वारा सहयोग



काठमाडौं, नेस । 

दक्षिण कोरियाली सरकारद्वारा नेपाललाई दुई लाख अमेरिकी डलरबराबरको आरटी पीसीर परीक्षण किट पूर्ण सेट सहयोग गरेको छ । कोरियाको अन्तर्राष्ट्रिय विकास साझेदार संस्था ९कोईका०मार्फत पूर्ण क्षमताको कोरोना परीक्षण किट नेपाललाई हस्तान्तरण गरिएको हो ।

उक्ते परीक्षण किटबाट १७ हजार ७६० जनाको पीसीआर परीक्षण गर्न सकिने छ । नेपालस्थित दक्षिण कोरियाली राजदूत पार्क छङसुकले उक्त समाग्री स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ तथा स्वास्थ्य समन्वय विभाग प्रमुख डा। रोशन पोखरेललाई त्रिभूवन अन्तर्राट्रिय विमानस्थलमा हस्तान्तरण गर्नुभएको थियो । उक्त पीसीआर सामग्रीमा नमुना संकलन गर्न, स्थानान्तरण गर्न र स्थिर परीक्षण गर्नका लागि आवश्यक विभिन्न ३ प्रकारका किट उपलब्ध छन् ।त्यस्तै कोईकामार्फत नै ३७८ थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराउने प्रक्रिया अगाडी बढाएको र उक्त सामग्री जुलाई वा अगस्टसम्म हस्तान्तरण गर्ने योजना रहेको छ ।

कोरियाली सरकारले कोरोना महामारीविरुद्ध लड्नका लागि सन् २०२० मा ४० हजार थान पीसीआर सेट नेपाललाई उपलव्ध गराएको थियो भने कोइकामार्फत ७५ हजार अमेरिकी डलर बराबरको ९पीपीई, ग्लोब्स्, मास्क, स्यानिटाइजर० लगायतका सामग्री उपलव्ध गराइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्