ट्रम्पमाथि फेसबुकको दुईवर्षे प्रतिबन्ध


वासिङ्टन, एजेन्सी।

विश्वप्रसिद्ध सामाजिक सञ्जाल फेसबुकले अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम एकाउन्ट आगामी दुई वर्षका लागि रोक्का गरेको छ । जनवरीको शुरुमा अमेरिकी क्यापिटल भवनमा आफ्ना समर्थकहरूबाट भएको हुलदंगालाई लिएर अवाञ्छित तरिकाले अभिव्यक्ति दिएकै कारण ट्रम्पका ती एकाउन्ट अनिश्चित कालका लागि बन्द गरिएको थियो ।

तर गत महिना मात्र फेसबुकको कमिकमजोरी अनुगमन गर्ने बोर्डले यसरी समयसीमा नतोकिकन सुनाइएको संजायको आलोचना गरेको थियो ।फेसबुकले पूर्वराष्ट्रपति ट्रम्पको कार्यबाट आफ्नो नीति तथा नियमको गम्भीर उल्लंघन भएको जनाएको छ । तर, ट्रम्प फेसबुकको यो कदम गत वष मलाई राष्ट्रपतीय चुनावमा मत दिने साता करोड ५० लाख अमेरिकीको अपमान हो । फेसबुकले राजनीतिज्ञहरूलाई केही सामग्रीलाई लिएर उदार नीति अपनाउने पूर्वनियम तोड्ने क्रममा यो कारबाही पनि सार्वजनिक भएको हो ।

यसै सिलसिलामा फेसबुकले अबदेखि कुनै पनि राजनीतिज्ञहरूलाई अनुचित अभिव्यक्ति दिने उन्मुक्ति नदिने जनाएको हो ।फेसबुकको अन्तर्राष्ट्रिय मामिलाका लागि उपाध्यक्ष निक क्लेगले ट्रम्पमाथिको यो कारबाहीको समय गणना शुरूको प्रतिबन्ध तिथिदेखि लागू हुने जानकारी दिएका छन् । विश्वभरिबाटै आलोचना भएको अमेरिकी क्यापिटल भवनमा भएको आक्रमण प्रयासको दौरान एकजना प्हरी अधिकारीलगायत पाँचजनाको ज्यान गएको थियो ।दैनिक दुई अर्बभन्दा बढी प्रयोगकर्ता रहेको फेसबुकको २० सदस्यीय सो स्वतन्त्र बोर्डमा डेनमार्कका एक पूर्वप्रधानमन्त्रीलगायत स्वतन्त्र अभिव्यक्तिका विशेषज्ञ, कानुनी विद्वान र पत्रकारहरू सदस्य रहेका छन् ।गत जनवरीको घटनालाई लिएर ट्रम्पमाथि ट्विटर, युट्युब, स्न्यापच्याट ट्विचलगायत अन्य सामाजिक सञ्चार माध्यमबाट समेत प्रतिबन्ध लगाइएको छ ।