क्यानेडियन नेवाः गुठीद्वारा सञ्चालित नेपाल भाषा गूगल अनुवाद सत्र अन्तिम चरणमा

168
Shares

टोरोन्टो ।

वर्ल्ड नेवाः अर्गनाइजेसनको नेतॄत्वमा नेपाल भाषालाई गूगलको अनुबाद सेवामा सूचिकृत गर्ने सामुदायिक अभियान अन्तर्गत क्यानेडियान नेवाःगुठीले संस्थागत रुपमा योगदान गर्न संचालन गरेको अंग्रेजी-नेपाल भाषा अनुबाद सत्र अन्तिम चरणमा पुगेको छ।

नेपाल भाषालाई विश्व ब्यापी बनाई यस्को स्थायित्व र निरन्तरताको पबित्र उद्देश्यलाई सहयोग गर्न क्यानेडियन नेवाः गुठीले गत मे महिना देखि ४ हप्ताको लागि प्र्त्येक साँझ १ घण्टा ३० मिनेटको अनुबाद सत्र संचालन गर्दै आएको छ । अनुबाद कार्यमा गुठीका उपाध्य्क्ष उत्तम माकजु,महा सचिब बिमल मान श्रेष्ठ,सचिब डा।प्रज्वल प्रधान, कोषाध्यक्ष नरेश ताम्राकार,कार्यसमिति सदश्य बिनोद श्रेष्ठको समुह रहेको छ । गूगलले सन २००६ देखि “स्टास्टिकल मेशिन ट्रान्सलेसन” अन्तर्गत अनुबाद सेवा प्रदान गर्दै आएकोमा सन २०१६ देखि “न्युरो मेशिन ट्रान्सलेसन इंजिन ” मार्फत पूरै बाक्यको अनुबाद सेवा प्रदान गर्दै आएको छ भने अहिले सम्म विश्वका १०९ भाषाहरुको अनुबाद सेवा लिन सकिन्छ।सो सेवामा सुचिकृत हुन हाल विश्वका अरु १२४ भाषाहरुले प्रयास गर्दै आएको छ भने नेपाल भाषा यो सेवामा सूचिकृत हुन अन्तिम चरणमा पुगेको छ।

त्यस्तै, अभियानबारे थप छलफल र अध्याबधि गर्न वर्ल्ड नेवाःअर्गनाइजेसनले शनिबार साँझ ७ः००बजे (ईस्टर्न डे लाइट टाइम बिहान ९ः१५ बजे) जूम मार्फत छलफल कार्यक्रम गर्ने भएको छ ।

जूम लिंक :