रिचार्जरले अक्सिजन कन्सन्ट्रेटर ल्यायो


काठमाडौं, नेस

ई–कमर्स प्लेटफर्म रिचार्जरले अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको छ । यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर भित्र्याएको हो ।

रिचार्जरबाट राष्ट्रिय आविष्कार केन्द्रले ५ लिटर तथा १० लिटर क्षमताका विभिन्न ब्राण्डका सय थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटरहरु खरिद गरेको छ । लोकप्रिय मानिएका ब्रान्डलाई पहिलो प्राथमिकतामा राख्दै राष्ट्रिय आविस्कार केन्द्रबाट जाँच पास भएको २ वर्षसम्मको वारेन्टी उपलब्ध गराउने रिचार्जरले जनाएको छ । घरायसी तथा अस्पताल प्रयोजनका ५ र १० लिटर क्षमताका अक्सिजन कन्सन्ट्रेटरहरु ३५ हजार रुपियाँदेखि १ लाख ८८ हजार रुपियाँसम्ममा उपलब्ध हुने छन् ।