एयरबस फाउन्डेसनद्वारा सहयोग


काठमाडौं, नेस ।

यूरोप र विदेश मामिलासम्बन्धी फ्रान्सेली मन्त्रालयको संकट तथा सहायता केन्द्र (सीडीसीएस) सँग मिलेर एयरबस फाउन्डेसनले नेपालमा कोभिड–१९ मा सहायता स्वरुप ७ टन चिकित्सकीय उपकरणहरु पठाएको छ । ती सहायता सामग्रीहरु बोकेर एयरबस परीक्षण विमान ए ३५० ले फ्रान्सबाट नयाँदिल्ली काठमाडौंसम्मको उडान भरेको थियो ।

सीडीसीएस फ्रान्सको स्वास्थ्य मन्त्रालय तथा भिजाइरे सोलिडेरद्वारा उपलब्ध गराइएको सहायता सामग्रीहरूमा मास्कहरु, सुरक्षा चस्मा, रेस्पिरेटर्स साथसाथै एन्टिजेन परीक्षण उपकरण रहेका छन् । यसरी प्रदान गरिएको सहयोगले सरकारलाई देशभित्र कोभिड–१९ को व्यवस्थापन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । नेपालको अवस्था अझै पनि गम्भीर यसैले हामीलाई उपलब्ध भएका स्रोतका साथ देशले चालिरहेको कोभिड–१९ विरुद्धको लडाईंमा सहायता दिइ रहन हामी प्रतिबद्ध रहिरहने छौं ।

एयरबस फाउन्डेसनका निर्देशक रचेल स्क्रोइडरले भन्नुभयो–‘नेपाली जनतासम्म यस किसिमको मानवीय सहायता ल्याउन हाम्रो साझेदारलाई साथ दिन पाएकोमा म अत्यन्त हर्षित छु । हामीलाई आशा छ हाम्रो यो योगदानले प्रभावितलाई थप राहत पुग्नेछ ।’ सहायता सामग्री बोकेको विमान जेठ १९ गते नयाँदिल्लीबाट काठमाडौं आइपुगेको छ । एयरबस फाउन्डेशनले भारतमा पनि कोभिड–१९ को दोस्रो लहरबाट प्रभावितका लागि प्रदान गरिएका मेडिकल उपकरण पु-याएको थियो ।