हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना

8.3k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

चर्चित हास्य कलाकार महादेव त्रिपाठी अस्पताल भर्ना भएका छन् । बुधबार राती मोबाइलको पावर बैंक पड्किएर घाइते भएका त्रिपाठीलाई उपचारका लागि स्टार अस्पतालमा भर्ना गरिएको छ । अस्पताल भर्ना भएका त्रिपाठीको हाल स्वास्थ्य अवस्था सामान्य रहेको छ ।