युएमएनद्वारा १३ लाख बढीको स्वास्थ्य सामग्री प्रदान


डोटी नेस ।

नेपालमा लामो समयदेखि शिक्षा, स्वास्थ्य तथा सरसफाइको क्षेत्रमा सहयोग गर्दै आएको अन्तर्राष्ट्रिय गैरसरकारी संस्था युनाइटेड मिसन टु नेपाल डोटी कलस्टरले जिल्लाको बोगटान फुड्सिल गाउँपालिकालाई १३ लाख २५ हजार ४०३ को स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

गाउँपालिकालाई हस्तान्तरण गरिएका स्वास्थ्य सामग्रीहरूमा एन्टिजेन किट २५० थान, सर्जिकल मास्क तीन हजार, ग्लोब्स एक हजार, सेनिटाइजर ५ लिटरका १० थान, १० लिटर ३० थान, एक लिटर ७५ थान, थर्मामिटर १२, पीपीई सेट २४, नेबुलाइजर १२, के।एन नाइन्टी फाइब मास्क ४००, हस्पिटल श्यया १२, ४० केजी अक्सिजन १०, अक्सिजन कन्सन्टे«टर ५ लिटरको २ थान र फेस सिल्ड ३० थान रहेको संस्थाका टिम लिडर विशालबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

जिल्लामा दोस्रो चरणको कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण तीव्ररूपमा बढिरहेको र उपचार गर्नमा समस्या भइरहेको अवस्थामा उक्त संस्थाले स्वास्थ्य सामग्री प्रदान गरेपछि अब गाउँका नागरिकलाई उपचार गर्न सहज हुने गाउँपालिकाका अध्यक्ष कमलबहादुर गडसिलाले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘कोरोना सङ्क्रमण तीव्ररूपमा बढिरहेको छ, गाउँमा कोरोना परीक्षण गर्ने सामग्री थिएन अहिले युएमएनले सहयोग गरेको छ, अबै सबैको स्वास्थ्य परीक्षण गर्न सहज हुनेछ ।यसैगरी, युएमएनले बोगटान फुड्सिलसँगै जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, बडीकेदार गाउँपालिका र जोरायल गाउँपालिकामा पनि स्वास्थ्य सामग्री हस्तान्तरण गर्ने तयारी गरिरहेको युनाइटेड मिसन टु नेपाल डोटी कलस्टरले जनाएको छ ।