युनिलिभरद्वारा सेनासँगको सहकार्यमा धौलागिरिको फोहोर संकलन


काठमाडौं, नेस । 

युनिलिभर नेपालको विश्वलाई दिगो साझा बासस्थान बनाउने प्रतिबद्धताको अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग सहकार्य गरेको छ ।फोहोरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ । जथाभावी फोहोर फाल्दा त्यो वन्यजन्तुको असमायिक मृत्युको कारक बनिरहेकोे छ, त्यसले हिमालको सुन्दरतालाई नष्ट पारिरहेको छ ।

साथै विश्वको वातावरणीय स्वास्थमाथि जोखिम उत्पन्न गरिरहेको छ । नेपाली सेनाको मुख्यालयमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यतन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाइ दिनुभयो । ‘सफा हिमाल अभियानलाई सहयोगका लागि म युनिलिभर नेपाललाई धन्यवाद दिन चाहन्छु । हिमालय श्रृङ्खला सफा राख्ने यो पहलबाट तपाईंहरूले सबै नेपालीको मनलाई छुनु भएको छ,’ सहायक रथी खड्काले भन्नुभयो ।कार्यक्रममा युनिलिभर नेपालका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले पठाउनु भएको सन्देशमा भनिएको छ–‘प्राकृतिक संसार हराउँदै गएको छ र यो डरलाग्दो दरले क्षतिग्रस्त हुँदै गएको छ । यो अवस्थालाई उल्ट्याउनका लागि युनिलिभर नेपालले धौलागिरि हिमाल सफा गर्र्नुभन्दा राम्रो मुद्दा अर्को हुन सक्दैन अनि यसका लागि सबैभन्दा विश्वासिलो साझेदार नेपाली सेना नै हो ।’

उक्त अभियानअन्तर्गत धौलागिरि हिमालबाट ५०२० किलो फोहोर संकलन गरिएकोमध्ये सड्ने–कुहिने ३०० किलो फोहोर धौलागिरि गाउँपालिकालाई बुझाइएको थियो भने नकुहिने ४७२० किलो फोहोर पुनःप्रशोधन गरी व्यवस्थापन गर्ने प्रयोजनको लागि हस्तान्तरण गरिएको छ । ‘युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध छ । प्लास्टिकको प्याकेजिङयुक्त फोहोरको सम्बोधनका लागि कडा मेहनत गर्ने यसले उद्देश्य राखेको छ, विशेष गरी साझेदारी र सहयोगको माध्यमबाट जसले यसका कार्य सञ्चालनहरूभन्दा पर रहेर परिवर्तनलाई हाँक्दछन् । अन्तिम उद्देश्य फोहोर व्यवस्थापनको लागिचक्रियआर्थिक प्रणाली सिर्जना गर्नु हो । हामी विश्वलाई सबैका लागि उत्तम दिगो स्थान बनाउन प्रतिबद्ध छौं र आउँदा दिनमा यस्ता कार्यक्रममा निरन्तर सहभागी हुनेछौं,’ मुखर्र्जीले भन्नुभयो ।