राजस्वको लक्ष्य भेट्टाउन गाह्रो छ: चेम्बर


काठमाडौं, नेस

आव २०७८/७९ को बजेट कार्यान्वयन चुनौतीपूर्ण रहेको नेपाल चेम्बर अफ कमर्सले जनाएको छ । बजेटप्रति आफ्नो १७ बुँदे धारणा राख्दै चेम्बरले विषम् परिस्थितिका कारण कार्यान्वयन रहेको जनाएको हो ।कोरोना महामारीको जोखिमबाट नागरिकलाई सुरक्षित राख्न प्रभावकारी व्यवस्थापन आवश्यक देखिएको भन्दै अर्थतन्त्रको पुनरूत्थानको लागि बजेटमा गरिएको नीतिगत व्यवस्था र लघु, साना तथा मझौला उद्योग, व्यावसायिक कृषि, युवा उद्यम, महिला उद्यम, वैदेशिक रोजगारी गुमाएर फर्किएका आदिका लागि ५ प्रतिशत अनुदानमा न्यून बजेट विनियोजनले उद्योगी व्यवसायीलाई उत्साहित बनाउन नसकेको चेम्बरको्भनाइ छ । चेम्बरले अब छुटेको विषयमा निजी क्षेत्रको आशा नेपाल राष्ट्र बैंकले तर्जुमा गर्ने मौद्रिक नीतिमा रहेको जनाएको छ ।

पुँजीगत खर्च गर्ने वर्तमान प्रक्रियालाई रुपान्तरण गरी तीव्र गतिले पूर्वाधार क्षेत्रको विकास केन्द्रित गर्ने प्रणाली ल्याउनुपर्ने भेम्बरले भनेको छ ।कोभिड महामारीको विषम परिस्थितिमा प्रायः सबै क्षेत्रमा नकारात्मक प्रभाव परिरहेको सन्दर्भमा राजस्व असुलीको यो लक्ष्य प्राप्त गर्न अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै राजस्वका दर घट्नुपर्नेमा झन् वृद्धि भएकाले अनौपचारिक व्यापार प्रोत्साहित भई राजस्व लक्ष्य प्राप्त गर्न झन् कठिन हुने चेम्बरको ठहर छ । बजेटमा अपुग रकम ३०९ दशमलव २९ अर्ब वैदेशिक ऋणबाट र २५० अर्ब आन्तरिक ऋणबाट उठाउने लक्ष्य राखेको छ । सो लक्ष्य पनि चुनौतीपूर्ण देखिन्छ भन्दै आन्तरिक ऋण धेरै उठाउँदा बजारमा तरलताको अभाव भइ ब्याज दरमा चाप पर्न जानेछ ।

त्यस्तै बजेटमा साढे प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न पनि कठिन रहे पनि बजेटमा प्रस्ताबित अधिकांश प्रावधान निजी क्षेत्रमैत्री देखिएको छ । तर, चुनावी सरकार भएकाले धेरै आशा गर्ने अवस्था नरहेको चेम्बरको भनाइ छ ।