बजेट कार्यान्वयनका लागि ‘एक्सन प्लान’ बन्दै


काठमाडौं, (नेस)

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८/७९ को बजेट कार्यान्वयनका लागि गृहकार्य शुरु गरेको छ । बजेटमा उल्लेखित योजना तथा कार्यक्रम समयमा शुरु गरी छिटो परिणाम ल्याउनका अर्थ मन्त्रालयले बजेट प्रस्तुत भएको तेस्रो दिनदेखि नै बजेट कार्यान्वयनको गृहकार्य शुरु गरेको हो ।

सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटमा उल्लेखित योजना तथा कार्यक्रमहरु कार्यन्वयनका लागि समयतालिकासहितको कार्ययोजना बनाउन निर्देशन दिनु भएको छ । ‘बजेट कार्यान्वयनका लागि हामी गम्भीर छौं । बजेटका योजना र कार्यक्रम शुरुदेखि सम्पन्न गर्ने समयसम्मको स्पष्ट समय तालिकसहित अघि बढ्नुहोस्,’ अर्थमन्त्री पौडेलले भन्नुभयो–‘बजेट कार्यान्वयनका लागि अर्थ मन्त्रालयले सहयोग, समन्वय र सहजीकरण गर्छ ।’अर्थमन्त्री पौडेलले बजेटमा समावेश भएका कार्यक्रमहरुको समयमा शुरु गर्नका लागि कार्यविधि र निर्देशिका समयमा तयार पार्न तथा नया“ आर्थिक वर्षको शुरुवातदेखि नै कार्यान्वयन प्रक्रिया अघि बढाउने गरी तयारी गर्न निर्देशन दिनुभयो ।

त्यस्तै अर्थसचिव शिशिरकुमार ढुंगानाले कार्यान्वयन र त्यसबाट आउने परिणाममा विशेष ध्यान दिन जरुरी रहेको बताउ“दै स्रोतसम्बन्धी व्यवस्था अर्थ मन्त्रालयले गर्ने बताउनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङ, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ र सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङ तथा सचिवहरु उपस्थित हुनुहुन्थ्यो । यसैगरी नियमितरूपमा अर्थ मत्रालय र सम्बन्धित मन्त्रालय तथा निकायस“ग बजेट कार्यान्वयन सम्बन्धमा छलफल गरिने योजना रहेको छ ।