युवा उद्यमी फोरमकोे अध्यक्षमा श्रेष्ठ


काठमाडौ  ,नेस ।

नेपाली युवा उद्यमी फोरमकोे १७औं वार्षिक साधारण सभाले युवा उद्यमी उदीप श्रेष्ठको अध्यक्षतामा ११ सदस्यीय कमिटी चयन गरेको छ ।अध्यक्ष पदमा उदीप श्रेष्ठ सर्वसम्वत अध्यक्ष चुनिएका छन् भने मञ्चको प्रथम उपाध्यक्षमा रितेश लामिछाने, द्वितीय उपाध्यक्षमा साहारा जोशी, महिला उपाध्यक्षमा निभिता प्रधान, च्याप्टरतर्फको उपाध्यक्षमा सुमोदमान सैजु, बाह्य मामिला तथा सम्बन्धे प्रमुखमा कुशलसुन्दर श्रेष्ठ, लर्निङ अध्यक्षको रूपमा रिचा श्रेष्ठ र को–लर्निङका रूपमा पवित्र गौतम चुनिएका छन् भने सुदिप घिमिरे र कृष्ण सापकोटा सदस्यमा चुनिएका छन् । यसअघि प्रकाशदेव पालिखे मञ्चको अध्यक्ष थिए ।

अध्यक्षको कार्यकाल एक वर्षको हुनेछ ।सरकारसँग मिलेर युवा उद्यमीलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठले बताउनुभयो । ‘सरकारले युवा उद्यमीलाई प्रवद्र्धन गर्न नीतिगत तहमा धेरै काम गर्नुपर्नेछ,’ उहाँको भनाइ थियो । पञ्चकन्या ग्रुपका कार्यकारी निर्देशकसमेत रहनुभएका श्रेष्ठले युवा उद्यमीको प्रवद्र्धन गर्न आफू अहोरात्र खटिने बताउनुभयो ।