शिक्षामन्त्री श्रेष्ठको पहलमा थाई नरेशको सहयोग, भोलि १० बजे काठमाडौं आइपुग्ने

6.2k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा बढेको कोभिड संक्रमण महामारीलाई रोक्न सहयोग गर्न थाइल्याण्ड सरकारले नेपाललाई ३० युनिट हाइफ्लो नोजल क्यानोला, ८ युनिट अक्सिजन कन्सन्ट्रेटर सहित १० किसिमका सामाग्री सहयोग गरेको छ । ती सामाग्री भोली नेपाल आइपुग्नेछ । थाइल्याण्ड सरकारले विमान चार्ट गरी ती सामाग्री ल्याउन लागिएको हो ।

ती सामाग्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुग्नेछ । ती सामाग्री थाइल्याण्डका राजदुतले हूतान्तरण गर्ने कार्यक्रम रहेको छ । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजनमा नेपाल आउन लागेको ती समाग्री लिन नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वाथ्य तथा जनसंख्या मन्त्री हृदयस त्रिपाठी, शिक्षा, विज्ञान तथा प्रबिध मन्त्री श्रेष्ठ विमानस्थल पुग्ने कार्यक्रम रहेको छ । नरेश महा बजिरालोङकन फ्रा बजिराक्लउछायुहबाट थाई रोयल एडको रुपमा पठाइने विभिन्न स्वास्थ्य सामग्रीहरु नेपाल सरकारलाई सहयोग गरिएको हो ।

नेपालमा कोभिडको सेकेण्ड भेरियन्टको संक्रमण अत्यधिक बढे पछि अक्सीजन लगायत स्वास्थ्य उपचारका सामग्रीहरुको अभाव भए पछि दातृ निकायहरुलाई सहयोगको अपिल गरिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वाथ्य सामाग्री सहयोगको अपिल गर्दै थाई नरेशलाई नेपाली राजदुतावास मार्फत पत्र पठाउनु भएको थियो । सोही पत्रको आधार र स्वाथ्य तथा जनसंख्या मन्त्रालय तयार गरेको सुचीको आधारमा थाइल्याण्ड सरकारले स्वाथ्य समाग्री उपलब्ध गराएको हो ।

नेपाललाई थाई राजदरवारबाट सहयोग जुटाउन थाइल्याण्डको भिक्षु संघमा प्रतिष्ठित नेपाली मूलका भिक्षु थाइ राजकीय विहार वाट बोभर्नका उप प्रमुख भिक्षु फ्रा देव शाक्य बंशपण्डित अर्थात फ्रा डा. अनिल शाक्यसँग माननीय शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठसँगको समन्वयमा भएको पहलमा उक्त सहयोग जुट्न संभव भएको हो ।

नेपाली राजदूतावास मार्पmत थाई नरेशलाई पत्र प्राप्त भएपछि थाई नरेशले नेपाललाई सहयोग गर्न निर्देशन जारी भएको थियो । सोही आधारमा सरकारले १० लाख थान सर्जिकल मास्क, ४ हजार ५ सय पिपिइ गाउन,१० हजार जोडी लेग कभर,१० हजार थान सर्जिकल क्याप,५ हजार थान फेस सिल,२० हजार थान एन्टिजेन किट,६ सय थान पल्स अक्सिमिटर,१ हजार ५ सय थान डिजिटल थर्मामिटर, १ हजार थान बडी ब्याग सहयोग सामाग्री नेपाल सरकारलाई उपलब्ध गराइएको छ । ती सामाग्री बाहेक थाई राजकुमारीले ७ हजार थान पिपिइ गाउन उपलब्ध गराउनुभएको छ ।