स्वास्थ्य क्षेत्रमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन

336
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

आर्थिक बर्ष २०७८/०७९ को बजेट ल्याउनका लागि संसद विघटन भैसकेको अवस्था रहेकाले राष्ट्रपति विद्यादेवी भण्डारीले बजेट घोषणाकै लागि शनिवार दिउसो मन्त्रिपरिषद्को सिफारिस बमोजिम आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश तीनवटा अध्यादेश जारी गर्नुभएको थियो ।

अध्यादेश जारी गरे लगत्तै बजेट भाषण गरिएको थियो । अर्थ मन्त्री बिष्णु पौडेलद्धारा आर्थिक बर्ष २०७८/०७९ को कोभिड केन्द्रीत बजेट घोषणा गरिएको छ । स्वास्थ्यका लागि १ खर्ब २२ अर्ब ७७ करोड बजेट प्रस्तुत गर्नुभयो ।

अक्सिजन उपकरण

कोभिड १९ को महामारीका कारण अक्सिजनको अभावमा दिनानुदिन बिरामीको मृत्यु भैरहेको अवस्थामा सार्वजनिक गरिएको बजेटमा अक्सिजन प्लान्टलाई प्राथमिकतामा राखिएको छ । जसमा सामुदायिक तथा नीजि अस्पताललाई अक्सिजन प्लान्ट जडान गरेको लागत मूल्यका ५० प्रतिशत अनुदान दिईने उल्लेख गरिएकोछ । कोभिड १९ को महामारीका कारण अक्सिजन उत्पादन गर्दा लाग्ने विद्युतमा ५० प्रतिशत छुट दिने निर्णय गरेको छ । कोभिड १९ का बिरामीको उपचारका लागि आवश्यक पर्ने, आईसियू, एनसीयू, भेन्टीलेटर, सिसियू, लगायतका आवश्यक उपकरण खरिदका लागि ४ अरब बिनियोजन गरेको छ ।

औषधि, जोखिम भत्ता, हेल्थ डेस्क व्यवस्थापन

कोभिड १९ को औषधिको आयातमा भन्सार महसुल छुट दिएको छ । उपचार सेवामा जनशक्तिको अभाव हुन नदिन सेवा निबृत्त तथा इन्टर्नसीपमा रहेका चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुलाई तलब र ५० प्रतिशत जोखिम भत्ता पाउने गरि एक बर्षको सेवा करारमा लिई अस्पतालमा खटाउने व्यवस्था मिलाएको छ । कोभिड १९ संक्रमण व्यवस्थापन गर्न अन्तर्राष्ट्रि स्थलगत सीमा नाका र सिमा नाकामा हेल्थ डेस्क संचालन गरिने छ । सबै स्थानिय तहमा क्वारेन्टिन निमार्ण कन्ट्याक्क ट्रेसिङ, आईसियुको स्थापना, जनशक्तिको व्यवस्था तथा औषधि, उपकरणको नियमित आपूर्ति गर्न आवश्यक रकम बिनियोजन गरेको छ । अर्थमन्त्री पौडेलले भन्नुभयो—अब शैयाको अभावमा उपचार अभाव हुन दिईने छैन ।

होम क्वारेन्टाईनको सुविधा र खोप व्यवस्था

कोभिड १९ बाट संक्रमित भै घरमा रहेका बिरामीको निरन्तर निगरानी, परामर्श तथा उपचारका लागि घुम्टी सेवा तथा कल सेन्टर संचालन तथा मनोपरामर्श, आपतकालिन उपचार तथा अक्सिजन सपोर्ट लगायतका सेवा निशुल्क उपलब्ध गराउँने व्यवास्था गरेको उल्लेख गरियो । बर्तमान सरकार सबै नागरिकलाई कोभिड १९ को निःशुल्क खोप उपलब्ध गराउँन प्रतिबद्ध रहेको पनि उल्लेख गरियो । विश्वका मुलुकहरुले जस्तै नेपालले पनि खोप अभियान शुरु गरेको र दक्षिण एशियामा खोपको दोस्रो प्रयोगकर्ता भएको तथ्यांक स्मरण गर्नुभयो । खोप लगाउन बाँकी सबै उमेर समूहका जनताहरुलाई सिघ्राति सिघ्र खोप सुनिश्चित गर्न सम्पूर्ण स्रोत र सामथ्यको उच्चतम प्रयोग गर्दै उत्पादक देश तथा कम्पनीबाट खोप प्राप्त गरि खोप अभियानलाई पूर्णता दिईने बताईयो ।

कोभिड खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बिनियोजन

खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड छुट्याएको जनाएको छ । कोभिड १९ बाट संक्रमित बिरामीको लागि सबै प्रकारका अस्पताल तथा स्वास्थ्य संस्थाबाट उपचार सेवा उपलब्ध गराउँन सेन्ट्रल कमाण्डको अवधारणा कार्यान्वयनमा ल्याईने छ । विशेषज्ञ चिकित्सक, अक्सिजन तथा भेन्टिलेटर, आईसियू,एचडियू र शैयाको उपलब्धताको विवरण नियमित रुपमा सार्वजनिक रुपमा जानकारी गराउने व्यवस्था मिलाएको छ भन्नुभयो ।

कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि रु. ३७ अर्ब ५३ करोड बिनियोजन

कोभिड १९ को उपचारमा संलग्न हुने स्वास्थ्यकर्मी, प्रयोगशालामा काम गर्ने कर्मचारी, सफाईकर्मी र कोभिड रोकथाममा प्रत्यक्ष रुपमा खटिने सुरक्षाकर्मीलाई प्रोत्साहन स्वरुप प्रदान गरिने जोखिम भत्ता लगायतका अन्य सुविधा संक्रमण जोखिम रहे सम्मको अवधिका लागि निरन्तरता दिएको जनाएकोछ । कोभिड १९ को रोकथाम र नियन्त्रणका लागि रु. ३७ अर्ब ५३ करोड बिनियोजन गरेको छ ।

७० प्रकारका निःशुल्क औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन

स्वास्थ्य प्रणालीमा सुधार, आधारभूत स्वास्थ्य सेवा, निःशुल्क पाउँने नागरिकको मौलिक हक अधिकारको सुनिश्चित गरिने जनाएकोछ । निःशुल्क बितरण हुँदै आएका ७० प्रकारका औषधि सबै स्वास्थ्य संस्थामा निरन्तर उपलब्ध हुने व्यवस्था मिलाईनेछ । औषधिको मूल्य र गुणस्तरको नियमित अनुगमन गरिनेछ । औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ ।

१४ बर्ष मुनी र ७० बर्ष माथिका नागरिकको मुटु रोगको उपचारका लागि २ अर्ब ५० करोड बिनियोजन

बिपन्न नागरिकलाई मुटु, मृगौला, क्यान्सर,पार्किङसन, अल्जाईमर, स्पाइनल इन्जुरी, हेड इन्जुरी तथा सिकलसेल, एनीमिया रोगको उपचारका लागि हाल प्रदान गरिएको अनुदान र १४ बर्ष मुनीका बालबालिका एवम ७० बर्ष भन्दा माथीका जेष्ठ नागरिकहरुको मुटु रोगको निःशुल्क उपचार सुविधालाई निरन्तरताका लागि २ अर्ब ५० करोड बिनियोजन गरेको जानकारी गराउनुभयो ।

काठमाडौमा ३ सय शैयाको सरुवारोग अस्पताल निमार्णका लागि १ अर्ब ३० करोड

आगामी आर्थिक बर्ष भित्र काठमाडौ उपत्यकामा ३ सय शैयाको सुविधा सम्पन्न सरुवा रोग अस्पताल र सबै प्रदेशमा ५० शैयाको सरुवा रोग अस्पताल निमार्ण गर्न रु. १ अर्ब ३० करोड बिनियोजन गरिएको छ ।
सबै जिल्ला अस्पतालमा प्रसुति तथा नवजाति शिशु स्याहार कार्यक्रम संचालनमा ल्याईने पनि बताउँनुभयो । मातृ स्वास्थ्यमा सुधार ल्याउँन, हुम्ला, डोल्पा, मुगु लगायतका दुर्गम क्षेत्रका २० जिल्लामा प्रसुति समय अगाडिको स्वास्थ्य जाँच र औषधिको सुविधा सहितको मातृ प्रतिक्षागृह संचालन गरिनेछ । बिराटनगर, वीरगंज, वुटवल र धनगढीका सरकारी अस्पतालमा निसन्तान दम्पतीका लागि आईभीएफ सेवा संचालन गरिने भएकोछ ।

३ सय ९७ स्थानिय तहका अस्पताल २ बर्ष भित्र निमार्ण सम्पन हुने

गुणस्तरिय स्वास्थ्य सेवा सुनिश्चित गर्न यसै बर्ष देखि निमार्ण कार्य थालनी गरिएका ३ सय ९७ स्थानिय तहका ५, १० र १५ शैयाका आधारभूत अस्पताल २ बर्ष भित्र सम्पन्न गरि संचालनमा ल्याईने जनाएकोछ ।

नयाँ बन्ने स्थानिय स्तरका अस्पतालका लागि ६ अर्ब १५ करोड बिनियोजन

अन्य आवश्यक अस्पताल स्थापन गर्न बाँकी रहेका स्थानिय तहमा आगामी आर्थिक बर्ष भित्र निमार्ण कार्य प्रारम्भ गरिने छ । यसका लागि ६ अर्ब १५ करोड बिनियोजन गरिएको छ । स्थानिय स्तरमा संचालन हुने बाल स्वास्थ्य तथा पोषण कार्यक्रमका लागि बजेट व्यवस्था गरेको जानकारी गराईयो । बालबालिकाका लागि बिसिजी, पोलियो, डिपीटी, टाईफाईड लगायतका १३ प्रकारका खोप सेवा प्रदान गरि मुलुकलाई आगामी बर्ष पूर्ण खोपयुक्त बनाउँनका लागि बजेट व्यवस्था गरिएको उद्घोष गर्नुभयो ।

आगामी बर्ष ६ लाख २० हजार बालबालिकालाई खोप सेवा पाउने

आगामी बर्ष ६ लाख २० हजार बालबालिकालाई खोप सेवा उपलब्ध गराईने छ । अस्पताल तथा स्वास्थ्य चौकीको विस्तारका साथै टेलिमेडिसिन, घुम्ती स्वास्थ्य सेवा, निःशुल्क गर्भवती जाँच सेवा, प्रसुति सेवा, खोप सेवा, समुदायमा आधारित पुर्नस्थापना तथा प्रयोगात्मक सेवा मार्फत स्वास्थ्य सेवामा आम नागरिकको पँहुच स्थापित गरिने छ ।

महिला स्वास्थ्य स्वयमसेविकाको यातायात भत्ता शतप्रतिशत बृद्धि

मुलुकभरका ५२ हजार महिला स्वास्थ्य स्वयमसेविकालाई प्रदान गरिदै आएको यातायात खर्चमा सतप्रतिशत बृद्धि गरि रु १२ हजार पुर्याएको छ ।

मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग, कुष्टरोग नियन्त्रणका १ अर्ब ४६ करोड

आगामी २ बर्ष भित्र सबै स्थानिय तहलाई क्षयरोग मुक्त घोषणा गरिने छ । मलेरिया, क्षयरोग, एड्स तथा यौनरोग, कुष्टरोग नियन्त्रणका कार्यक्रमका लागि रु १ अर्ब ४६ करोड बजेट व्यवस्था गरिएको छ ।

नसर्ने रोगका लागि विशिष्टिकृत अस्पताल स्थापना

त्यसैगरी परिवर्तित जीवन शैली, खानपान र वातावरणीण प्रदुषणका कारण बढ्दै गएकोरोग मुटु, तथा मृगौला रोग तथा क्यान्सर लगायतका नसर्ने रोगको निदान र उपचारका लागि दक्ष चिकित्सक र आधुनिक उपकरण सहित विशिष्टिकृत अस्पतालको स्थापना स्तरोन्नती र विस्तार गर्ने व्यवस्था मिलाएको बताउँनुभयो ।

आगामी बर्ष ३ प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप

त्यसैगरी ४० बर्ष माथिका नागरिकको उच्च रक्तचाप, पिसाब तथा रगतमा ग्लूकोज र स्तन क्यान्सर, पाठेघरको मुखको क्यान्सरको बर्षमा एकपटक निःशुल्क परिक्षण गर्ने व्यवास्थ मिलाएको जानकारी गराईयो । आगामी बर्ष ३ प्रदेशका ९ जिल्लामा पाठेघरको मुखको क्यान्सर बिरुद्ध खोप कार्यक्रम संचालन गरिने पनि जानकारी गराउनुभयो ।

मानसिक स्वास्थ्यका लागि छुटटै बेड हुनुपर्ने

त्यस्तै सबै मेडिकल कलेज, स्वास्थ्य विज्ञान प्रतिष्ठान, केन्द्रिय अस्पतालले कम्तिमा एउटा सरकारी अस्पताल तथा सरकारी अस्पतालमा नियमित तथा विशेषज्ञिय सामुदायि सेवाको लागि क्लिनिक संचालन गर्नुपर्ने व्यवस्था मिलाईने उल्लेख गरियो । यो भन्दा बढी क्षमताका स्वास्थ्य संस्थाहरुले महिनाको एकपटक आफ्नो सेवा क्षेत्र भित्र अनिवार्य रुपमा घुम्ति क्लिनिक संचलान गर्नुपर्ने व्यवस्था मिलाईने पनि बताईयो । साथै २ सय शैया भन्दा बढी क्षमताका सामुदायिक एवं नीजि अस्पतालमा मानसिक रोग उपचारका लागि न्यूनतम १० शैया छुट्याउँनुपर्ने व्यवस्था गरिनेछ । ५० शैया भन्दा बढी क्षमता भएका अस्पतालमा विभिन्न उपचार कक्ष विस्तार गरिनेछ ।

प्राकृतिक रोगको उपचारका लागि बिदेश जानुपर्ने बाध्यताको अन्त्य गरिने

जटिल तथा घातक प्राकृतिक रोगको उपचारका लागि बिदेश जानुपर्ने बाध्यताकोअन्त्य गरि स्वदेशमा नै अन्तराष्ट्रिय स्तरको सेवा सुनिश्चित गर्न त्रिभुवन विश्व विद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्र्तगत काठमाडौको किर्तिपुरमा नेफ्रोलोजी, न्यूरोलोजी, न्यूरोसर्जरी, स्पाईनल सर्जरी, कार्डियो सर्जरी, पल्मोनोलोजी, ग्यास्ट्रोलोजी तथा ग्यास्ट्रो सर्जरी लगायत रोगको विशिष्टिकृत उपचार सेवा, डाईग्नोष्टिक सिम्टम, अध्ययन, अध्यापन तथा अनुसन्धानका लागि १ हजार ५ सय शैयाको अत्याधुनिक सुपरस्पेसालीटी केन्द्रको निमार्ण कार्य शुरु गरी आगामाी ३ बर्ष भित्र संचालनमा ल्याउन बजेको व्यवस्था गरिएको उल्लेख गरियो ।

राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्था स्थापन गरिने

क्यान्सर रोगको अध्ययन अनुसन्धान व्यवस्था मिलाउँन राष्ट्रिय क्यान्सर रोग अध्ययन संस्था स्थापन गरि भक्तपुर क्यान्सर अस्पताल, बीपी कोईराला मेमोरियाल क्यान्सर अस्पताल, शुशील कोईराला प्रखर क्यान्सर अस्पताललाई यस अध्ययन संस्थान मातहतमा संचालन गरिने छ ।

१ अर्ब २८ करोड बिनियोजन

मनमोहन कार्डियो भाष्कुलर तथा प्रत्यारोपण केन्द्र त्रिभुवन विश्व विद्यालय शिक्षण अस्पताल, बिपी कोईराला क्यान्सर अस्पताल, जीपी कोइराला स्वास प्रस्वास केन्द्र, शुशील कोईराला प्रखर क्यान्सर अस्पताल, रामराजसिंह स्वास्थ्य विज्ञान प्रतिष्ठानको पूर्वाधार निमार्ण गर्न रु.१ अर्ब २८ करोड बिनियोजन गरिएको छ ।

कान्ति अस्पताललाई ३४ करोड

कान्ति बाल अस्पतालको आईसियु वार्ड बृद्धि लगायत पूर्वाधार निमार्ण गर्न रु. ३४ करोड छुट्याएको छ ।

गंगालाललाई ५८ करोड

त्यसैगरी शहिद गंगालाल मुटुरोग अस्पतालको सेवा बिस्तार गरि बाल मुटुरोग युनिट संचालन एवं अप्रेशन थिएटर स्तरोन्ती गर्न रु. ५८ करोड बिनियोजन गरिएको छ ।

वीर अस्पतालको विस्तारीत सेवा ३ बर्ष भित्र सकिने

त्यस्तै वीर अस्पतालको विस्तारित सेवा संचालन गर्न भक्तपुरको दुवाकोटमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक सुविधा सम्पन्न वीर अस्पतालको विस्तारीत सेवा संचालनका लागि ३ बर्ष भित्र सम्पन्न गरि सेवा संम्पन्न गर्ने लक्षयका साथ आगामी आर्थिक बर्षमा विस्तृत परियोजना, प्रतिवेदन लगायत पूर्व तयारी कार्य सम्पन्न गरिने छ । भौतिक पूर्वाधार, उपकरण, दक्ष जनशक्ति लगायत एक साथ पुरा गरि अस्पताल संचालनमा ल्याईने जनाईएको छ ।

यसलाई राष्ट्रिय गौरवको योजनामा संचालन गर्न छुट्टै आयोजना संचालनको व्यवस्था मिलाईने पनि उल्लेख गरिएको छ । काठमाडौको जडिबुटीदेखि अस्पताल निमार्णस्थल मनोहरा नदीको दुबै किनारामा चार चार लेनको कोरिडोर सडक निमार्ण गरिनेछ ।

दुईवटा ट्रमा सेन्टर काठमाडौ बाहिर

त्यसैगरी ढल्केबारमा ट्रमा सेन्टर संचालन गर्ने, धादिङमा पनि ट्रमा सेन्टरको सम्भाब्यता अध्ययन गरिनेछ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्टको व्यवस्था गरिने

साथै रोग निदानका लागि विदेशमा नमूना परिक्षण गर्न पठाउँनुपर्ने बाध्यातालाई अन्त्य गर्न पूर्वाधार विकास र आवश्यक उपकरणको व्यवस्था गरि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालाई सेन्टर अफ एक्सिलेन्टको व्यवस्था गरि स्तरोन्नती गरिने जनाएको छ । प्रयोग शालालाई रिफरल प्रयोगशालामा स्तरोन्ती गर्नका लागि बजेको व्यवस्था गरिएको जानकारी गराईयो ।

रेडियोलोजी सेवाको मापदण्ड निर्धारण गरिने

सरकारी तथा नीजि स्वास्थ्य संस्थाबाट प्रदान गरिने रेडियोलोजी सेवाको मापदण्ड निर्धारण र अनुगमन गर्न छुट्टै संयन्त्र स्थापन गरिनेछ । निरोगी नेपाल अभियानलाई प्रभावकारी बनाउँन स्वच्छ बिचार, स्वस्थ खाना, नियमित व्यायाम गर्न नागरिक जागरण कार्यक्रम संचालन गरिनेछ ।

आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य बैकल्पिक चिकित्सा पद्धति प्रवद्र्धन गरिने

आयुर्वेद, प्राकृतिक चिकित्सा तथा अन्य बैकल्पिक चिकित्सा पद्धति प्रवद्र्धन गरिने छ । सबै प्रदेशका आयुर्वेदी अस्पताल र प्राकृतिक चिकित्सालय स्थापन गरिनेछ ।

स्वास्थ्य बीमा

त्यसैगरी आगामी आर्थिक बर्ष भित्र सबै तहमा स्वास्थ्य बीमा कार्यक्रम न्यूनतम ५० प्रतिशत परिवारलाई बीमाको दायरामा ल्याईनेछ । स्वास्थ्य बीमा बोर्डको संचालन क्षमता अभिबृद्धि गरिनेछ । बीमा कार्यक्रमको दिगो पनका लागि बैकल्पिक वित्तिय स्रोतको व्यवस्था गरिने छ । स्वास्थ्य बीमा कार्यक्रम संचालन गर्न रु. ७ अर्ब ५० करोड बिनियोजन गरेको छ ।

अनुसन्धान केन्द्र बिस्तार

स्वास्थ्य विज्ञान प्रतिष्ठान, आयोग तथा अनुसन्धान केन्द्रको भूमिकालाई प्रभावकारी बनाउँन एकीकृत कानून तर्जुमा गरिनेछ । नयाँ स्थापना हुने तथा स्तरोन्नती हुने अस्पताल तथा स्वास्थ्य सस्थाका लागि आवश्यक दरबन्दी थप गरिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६३ अर्बको बजेट सिलिङ पठाएको थियो। तर कोभिड संकटका कारण यसको रोकथाम, उपचार, नियन्त्रणका लागि बजेटको आकार बढाएको बजेट प्रस्तुतिको शुरुवातमै अर्थ मन्त्री विष्णु पौडेलले प्रष्ट पार्नुभएको थियो ।