काठमाडौंमा कोरोना संक्रमण घट्यो, आज ८६७ जनामा संक्रमण पुष्टि

10.9k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौं उपत्यकामा कोरोना संक्रमण ह्वात्तै घटेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा ८६७ जना, भक्तपुरमा १०५ र ललितपुरमा ११९ जना नयाँ संक्रमित थपिएका हुन्। आज कूल १ हजार ९१ जना नयाँ संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ । शुक्रबार उपत्यकामा कोरोना भाइरस संक्रमितको सङ्ख्या २३२४ रहेको थियो।

यस्तै पछिल्लो २४ घण्टामा ४ हजार ५ सय ८७ जना नयाँ कोरोना भाइरस संक्रमित देशभर थपिएका छन्।