२४ घण्टामा ४४८७ संक्रमित थपिए, ११६ को मृत्यु, ६०८० संक्रमणमुक्त

2.5k
Shares

काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ४४८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १४ हजार ६ पिसिआर परीक्षण ४३११ र ७४६ एन्टिजेन परीक्षणमा १७६ गरी कुल ४४८७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य हो ।योसँगै संक्रमितको कुल संख्या ५ लाख ५३ हजार ४२२ पुगेको छ ।

त्यस्तै, २४ घण्टामा ६०८० जना कोरोनामुक्त भएका छन् । यससँगै कोरोनामुक्त हुनेको संख्या ४ लाख ३४ हजार ७५० पुगेको छ ।

मन्त्रालयका अनुसार आज थप ११६ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट हालसम्म मृत्यु हुनेको संख्या ७१६३ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या १ लाख ११ हजार ५०९ पुगेको मन्त्रालयले जनाएको छ।