स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन

210
Shares

काठमाडौँ ।

सरकारले स्वास्थ्यमा १ खर्ब २२ अर्ब ७७ करोड बजेट विनियोजन गरेको छ । शनिबार सिंहदरबारबाट आगामी आर्थिक वर्षक २०७८र७९ को बजेट प्रस्तुत गर्दै अर्थ मन्त्री बिष्णु पौडेलले सो घोषणा गरेका हुन्।

त्यस्तै, सरकारले कोभिड रोकथामका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ विनियोजन गरेको छ । आगामी आर्थिक बर्षभित्र सबै नेपाली नागरिकलाई निशुल्क खोप दिन सरकारले २६ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको पौडेलले जानकारी दिए।