राष्ट्रपति भण्डारीद्वारा बजेटसम्बन्धी ३ अध्यादेश जारी

672
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले बजेटसम्बन्धी ३ अध्यादेश जारी गरेकी छन् ।   संविधानको धारा ११४ को उपधारा १ अनुसार राष्ट्रपति भण्डारीले आर्थिक अध्यादेश, विनियोजन अध्यादेश र राष्ट्र ऋण उठाउने अध्यादेश जारी गरेकी हुन् ।

यी अध्यादेश जारी भएसँगै नयाँ बजेटका लागि बाटो खुलेको छ । प्रतिनिधिसभा विघटन भएकाले सरकारले अध्यादेशबाट आर्थिक वर्ष २०७८/७९ को बजेट ल्याउँदैछ ।