५ करोडबाट शुरू भएको बजेट १६ खर्ब पुग्यो

2.2k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

२००८ सालमा ५ करोडबाट शुरू भएको बजेट १६ खर्ब पुगेको छ । ६८ वर्ष पहिला २००८ सालमा पहिलो बजेट भाषण भएको थियो । तत्कालीन अर्थमन्त्री सूवर्ण समशेरले ५ करोड २५ लाख २९ हजार रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । जसमा राजस्व सङ्कलको लक्ष्य ३ करोड ६ लाख १९ हजार रुपैयाँ राखिएको थियो ।

उक्त बजेटको अंश यस्तो थियो :

२००७ सालको कूल आम्दानी २९०,८१,००० (दुई करोड नब्बे लाख एकासी हजार रुपैयाँ) खर्च २४६,२७,००० (दुई करोड छयालिस लाख सत्ताइस हजार) र बचत ४३,९४,०००  (त्रिचालीस लाख चौरानब्बे हजार) देखिन्छ । गत सालको सशक्त आन्दोलन र गडबडीले गर्दा के–कति बचत दाखिला हुनसक्यो, यकिन हुनसकेको छैन । तर,एकाउन्टेन्ट जनरलद्वारा हिसाब खडा गराउने कोसिस भइरहेछ ।२००८ को सामान्य आम्दानी रु. ३,०५,१६,००० (तीन करोड पाँच लाख सोह्र हजार रुपैयाँ) आर्जन गरिएको हुनाले पोहोरको भन्दा रु.१४,३५,००० (चौध लाख पैँतिस हजार रुपैयाँ_) बढी आम्दानी हुने उमेद गरिएको छ । २००७ सालमा मालपोतबाट रु.१,१९,१६,००० (एक करोड उन्नाइस लाख सोह्र हजार रुपैैयाँ)उठ्ती भएकोमा यो साल रु.९४,०५,००० (चौरानब्बे लाख पाँच हजार)उठ्ती हुने अनुमान गरिएको छ ।