उज्जवल थापाको सम्पूर्ण उपचार खर्च प्रसाईंले व्यहोर्ने

3.7k
Shares

न्यृुज अफ नेपाल, काठमाडौं ।

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्ज्वल थापाको स्वास्थ्य उपचारमा लाग्ने खर्च बिएन्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंले बेहोर्ने भएका छन् ।

कोरोनाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएका थापाको उपचार खर्चकको लागि रकम संकलन थालिएको सूचना पाए लगत्तै प्रसाईंले उपचार खर्च आफुले बेहोर्ने बताएका छन् । प्रसाईंले एक विज्ञप्तिमार्फत सो जानकारी दिएका हुन् ।

‘सामाजिक अभियान्ता तथा विवेकशिल पार्टीका पूर्व अध्यक्ष थापाको उपचारमा सहयोग संकलन लागि आह्वान भएको जानकारी हुन आएकोले मेडिसिटी अस्पतालमा उपचाररत उहाँको सम्पूर्ण उपचार खर्च बिएन्डसीका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले प्रदान गर्ने व्यहोरा अनुरोध गर्दै उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु,’विज्ञप्तिमा भनिएको छ।