बजेट अध्यादेश सिफारिश गर्न मन्त्रिपरिषद बैठक बस्दै

308
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

बजेट अध्यादेश सिफारिशका लागि मन्त्रिपरिषद बैठक बस्दैछ । बिहान ११ बजे बस्ने मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७८/७९ काे अनुमानित आय व्यय सहितको बजेट पारित गर्दै छ ।

अध्यादेशमार्फत ल्याउने बजेटलाई अन्तिम रुप दिई मन्त्रिपरिषद् मा पेश गर्ने तयारी भएको अर्थ मन्त्रालयले श्रोतले जनाएको छ । मन्त्रिपरिषद्को ११ बजे बस्ने बैठकले बजेट पारित गरेपछि दिउँसो ४ बजे प्रधानमन्त्री कार्यालयबाट अर्थमन्त्री विष्णु पौडेलले बजेट पेश गर्नु हुनेछ । प्रजातन्त्र पुनर्स्थापनापछि अध्यादेशमार्फत १० पटक र गणतन्त्रपछि योसहित पाँच पटक बजेट आउँदै छ ।