उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर, भ्यान्टिलेटरमा राखेर उपचार गरिदै


न्युज अफ नेपाल ,काठमाडौं ।

विवेकशील साझा पार्टीका नेता उज्जवल थापाको स्वास्थ्य अवस्था गम्भिर पछि भ्यान्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

कोरोना भाइरसको संक्रमण भएपछि ह्याम्स अस्पताल भर्ना गरिएका उनको फोक्सोमा समस्या देखिएको चिकित्सकहरुले बताएका छन् ।पार्टीका संयोजक मिलन पाण्डेका अनुसार ह्याम्पसबाट उनलाई ग्राण्डी अस्पताल रिफर गरिएको थियो । शुक्रबार नेपाल मेडिसिटी अस्पतालमा लगिँदैछ ।

उनको ‘इक्मोको उपचारका लागि २५-० लाख लाग्ने डाक्टर बताएका छन् । परिवारमा आर्थिक अवस्था नाजुक भएको कारण उनको उपचारका लागि साथीहरु मिलेर आर्थिक सहयोगको आह्वान गरेका छन् ।