उपत्यकाका सीडीओहरुको बैठक बस्दै


न्युज अफ नेपाल काठमाडौं ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सिफारिसअनुसार उपत्यकामा रहेका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुको बैठक आज बस्दैछ ।

बैठकमा सुरक्षाकर्मीहरुलाई सुचना विभागको पास भएकालाई अन्य कागजात देखाउन नपर्ने र सुचना विभागको पास नभएका सञ्चारकर्मीलाई कार्यालयको परिचयपत्र र सम्बन्धित कार्यालयले लेखेको निवेदनमा सिडियोको तोकका आधारमा निर्वाध आवतजावत गर्न दिने बारे थप निर्देशन जारी हुने छ ।

समन्वय अभाव भएको भन्दै अबदेखि सञ्चारकर्मीले कुनै झन्झट बेहोर्न नपर्ने भएको । सबै सञ्चारकर्मीले आफूसँग भएको सुचना विभागको पास वा सिडियोको तोक लगाएको पत्र र कार्यालयको परिचयपत्रलाई मान्यता दिइने छ ।