भेरी अस्पताल घटनाबारे दोषीलाई कडा कारबाही गर्न डाक्टरहरूको माग


न्युज अफ नेपाल काठमाडौं ।

भेरी अस्पतालका कोभिड वार्डमा चिकित्सक तथा नर्समाथि भएको भौतिक आक्रमणको विरोध गर्दै दोषीलाई कारवाहीको माग गरिएको छ।

उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि आइसियु वार्डमै प्रवेश गरेर यस्ता हातपात गर्दा स्वास्थ्यकर्मीको मनोबल घट्ने र अन्य बिरामीको उपचार समेत प्रभावित हुनेभन्दै विरोध भएकोछ ।

बिहीबार राती भेरीका स्वास्थ्यकर्मीमाथि उपचाररत बिरामीको मृत्यु भएपछि आफन्तले कोभिड वार्डमै छिरेर चिकित्सक र नर्समाथि हातपात गरेका थिए। सो क्रममा ज्यान जोगाउन चिकित्सक र नर्सले माथिल्लो तलाबाट हाम फालेर ज्यान जोगाएका थिए।उक्त घटनाको सामाजिक संजालमा चिकित्सकहरुले विरोध गरेका छन्।