अक्सिजन अभावकाे कारण सुत्केरीसहित ७ संक्रमितको मृत्यु


पोखरा ।

गण्डकी प्रदेशकाे सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा अक्सिजनको कमी हुँदा एकै रातमा ७ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालमा अकास्मात अक्सिजन प्रवाह कमी भएको र बिरामीले पाउनुपर्ने अक्सिजनको मात्रा नपाएपछि मृत्यु हुन पुगेको हो ।मृत्यु भएकामध्ये तनहुँ भानु नगरपालिकाकी एक सुत्केरी महिला पनि छन् । उनले शनिबारमात्रै अप्रेसनमार्फत सन्तानलाई जन्म दिएकी थिइन् ।

उनीसँगै तनहुँका ३ जना संक्रमितल ज्यान गुमाएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृत्यु हुनेमा पोखरा, स्याङ्जा, पर्वत र म्याग्दीका १र१ जना रहेको अस्पतालका कोभिड फोकल पर्सन डा शरद बरालले जानकारी दिए ।बिहीबार दिउँसो विद्युत आपूर्ति बन्द भएको भन्दै उद्योगले अक्सिजन दिन बन्द गरेका थिए । गण्डकीमा २ वटा अक्सिजन उद्योग छन् । तर, नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रका प्रमुख ऋषिकुमार बर्नालले बिहीबार १४ मिनेटका लागि मात्रै बिजुली गएको जानकारी दिएका छन् ।