संक्रमितको उपचारमा खटिइरहेका डा. झाले स्वास्थ्यकर्मीको सम्मानमा गाए नसोध मलाई


आफैं कोभिड-१९ का संक्रमितहरुलाई स्वास्थ्य सेवा दिँदै आएका गायक तथा संगीतकार डा. रञ्जितकुमार झाले दिन रात नभनी र आफ्नो ज्यानलाई समेत जोखिममा राखी संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको सम्मानमा गाएको गीत सार्वजनिक गरेका छन्।

राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल प्रमूख तथा सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. झाले सम्पूर्ण स्वास्थ्यकर्मीको सम्मानमा नसोध मलाई बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका हुन्। गीतमा संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोदशाका साथमा उनीहरु आफ्नो पीडालाई थाती राखेर उपचारमा खटिइरहेको सन्देश छ। डा. झाका साथमा गिरिराज निरौलाको संगीत रहेको गीत गिरिराज निरौलाले रचना गरेका छन्। निरौलाले अघिल्लो वर्ष कोरोना संक्रमणको जोखिमकै बीच डा. झासहित सम्पूर्ण चिकित्सकको बाध्यता उतारिएको गीत पोहार साल नै ल्याउने प्रयास गरे पनि समयाभावका कारण हालै रेकर्ड गरी म्युजिक भिडियोसहित सार्वजनिक गरिएको हो।

महाराज थापाको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो निर्देशक निशान कश्यपको परिकल्पना तथा निर्देशनमा तयार भएको छ भने भिडियोमा महेश खड्का र सुशिला थापाका साथमा गायक डा. झा पनि देखिएका छन्। म्युजिक भिडियोमा मुकेश हुमागाईंको छायांकन र सम्पादन रहेको छ। म्युजिक भिडियो डा. झाकै युट्युब च्यानल रणजीतकुमार झामार्फत सार्वजनिक गरिएको छ। गीतकारले लोक शैलीको धुन पनि तयार पार्नुभएको थियो, जसलाई मैले थोरै परिमार्जन गरेर संगीतबद्ध गर्दै आफ्नो शैलीमा ढालेको छुु रञ्जितले भने ञगीतमा भोकल हाल्ने क्रममा अर्को तनाव भयो, गीतका सबै टझयाक उपलब्ध नभएपछि सिंगल टझयाकमै गीत रेकर्डिध्र गर्नु प-यो। यो कुनै पनि गायक-गायिकाका लागि निकै नै चुनौतीपूर्ण हुन्छ जस्तो मैले अनुभव गरेको छु।