नेपाली सेनाका जर्नेल केसीको कोरोनाबाट निधन

117.4k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली सेनाका सहायकरथी (जर्नेल) दिनेश केसीको कोभिड–१९ का निधन भएको छ । छाउनीस्थित वीरेन्द्र अस्पताल उपचार गराइरहेका केसीको आज बिहान निधन भएको हो ।सेनाको १३ नं बाहिनी अड्डाका बाहिनीपति केसी केही समयअघि मात्रै बङ्गलादेशबाट नेशनल डिफेन्स कोर्स (एनडिसी) पूरा गरी फर्किएका थिए ।

सेनामा हाल कोरोना सङ्क्रमण भई उपचारमा रहेका सक्रिय बिरामीको सङ्ख्या ४२४ रहेको जानकारी दिइएको छ । कोभिड–१९ बाट हालसम्म ६ सैनिकको निधन भइसकेको छ ।