नागरिकता अध्यादेश खारेजीको माग गर्दै सर्वोच्चमा रिट

1.1k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

नागरिकता अध्यादेश खारेजीको माग गर्दै अधिवक्ता विष्णुकुमार गिरीले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । अधिवक्ता गिरीले राष्ट्रपति कार्यालय शीतल निवासलाई विपक्षी बनाएर रिट दायर गरेका छन् ।

पेशी जेठ २१ गते बिहान १० बजेका लागि तोकिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ ९ गते संविधानको धारा ११४ को उपाधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ जारी गरेकी थिइन् ।