काठमाडौंमा थप १७३८ जनामा कोरोना संक्रमण पुष्टि, १६३६१ संक्रिय संक्रमित

3.6k
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा काठमाडौंमा थप १७३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै ललितपुरमा ३६४ र २६५ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै काठमाडौंमा उपत्यकामा थप २ हजार ३ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म काठमाडौंमा १६ हजार ३६१ संक्रिय संक्रमित रहेका छन् । भक्तपुरमा ४ हजार ७८९ संक्रिय संक्रमित रहेका छन् । यस्तै ललितपुरमा ६ हजार ८५५ जना सक्रिय संक्रमित रहेका छन् । आज देशभर थप १०६ जनाको मृत्यु भएको छ भने ६९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।