कोरोनाबाट थप १०६ जनाको मृत्यु, ६९३९ मा संक्रमण, ७२२६ डिस्चार्ज

672
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट आज देशभर थप १०६ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा थप ७ हजार २२६ जना संक्रमणमुक्त भएका छन् । आज २० हजार ४१४ पीसीआर परीक्षणमा ६७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी कुल ६ हजार ९३९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या ५ लाख ४२ हजार २५६ पुगेको छ । जसमध्ये १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।