मन्त्री आलेद्वारा मल्लको निधनप्रति दुःख व्यक्त

238
Shares

विमल विष्ट, काठमाडौँ ।

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले सुदूरपश्चिम प्रदेशका पहिलो तथा पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । मन्त्री आलेले आज बिहिबार एक शोक विज्ञप्तिमार्फत पूर्व प्रदेश प्रमुख, समाजसेवी, एवं वौद्धिक व्यक्तित्व मल्लको असामयिक निधनको खबरले दुःखी बनाएको उल्लेख गर्नुभएको छ ।

साथै मन्त्री आलेले मृतक मल्लप्रति श्रद्धाञ्जलि अर्पण गर्नुका साथै शोक सन्तप्त परिवारजनमा आफ्ना तर्फबाट समवेदना समेत प्रकट गर्नुभएको छ । पूर्व प्रदेश प्रमुख मल्लको काठमाडौँस्थित निदान अस्पतालमा उपचारका क्रममा आज बिहिबार बिहान ७ बजे निधन भएको हो । उहाँ पहिले राप्रपाको राजनीति गर्नुभएका मल्ल बिसं २०७० सालको दोस्रो संविधानसभाअघि नेपाली कांग्रेस पार्टी प्रवेश गर्नुभएको थियो । विसं २०७४ माघ ३ गते प्रदेश प्रमुख नियुक्त हुनुभएका मल्लका एक छोरा र एक छोरी हुनुहुन्छ ।