एनसेलको नयाँ वेबसाइटमा ग्राहकलाई थप सुविधा


काठमाडौं, नेस

एनसेल आजियाटाले थप सुविधाका साथ आफ्नो वेबसाइट सञ्चालनमा ल्याएको छ । ग्राहकले अब वेबसाइटबाटै भ्वाइस प्याक, डेटा प्याक खरिद, अनलाइन रिचार्जलगायतका सेवा लिन सक्छन् । नयाँ वेबसाइटलाई वेबएपको रुपमा स्मार्टफोनमा राखी उपलब्ध विविध सुविधाको फाइदा लिन सकिने एनसेलले जनाएको छ ।

न्याँ वेबसाइट एनसेलको डिजिटल अभियानअन्तर्गतको एक कार्य हो । यसै अन्तर्गत एनसेलले विविध सेवा सुविधासहितको सेल्फ केयर एप एनसेल एपको नयाँ संस्करण सञ्चालनमा ल्याइसकेको छ । नयाँ वेबसाइटबाट प्याक खरिद गर्ने ग्राहकका लागि प्याकको खरिदमा सय प्रतिशतसम्म थप भोल्युमसहितका आकर्षक अफर पनि रहेको छन् । विषेश अफर अन्तर्गत ग्राहकले वेबसाइटमार्फत प्याकको खरिदमा १५० एमबीदेखि २ जीबीसम्म बोनस डेटाको फाइदा लिन सक्छन् ।

बोनस १ दिनको प्याक ९रु।१८०, ७ दिनको प्याक ९रु। ९८०, १४ दिनको प्याक ९रु। १३९० लागू रहेको छ भने ट्रिपल मज्जाअन्तर्गत ७ दिनको प्याक ९रु। १०९०, १० दिनको प्याक ९रु। १४७० र ३० दिनको प्याक ९रु। ४५९० मा थप शून्य दशमलव ५ जीबी देखि शून्य दशमलव ७५ जीबीसम्म बोनस डेटाको योजना रहेको छ । त्यसैगरी ग्राहकले केही प्याकमा डबल डेटा पाउँछन् र अलवेज अन डेटा प्याक खरिद गर्दा तीन गुणा बढी डे डेटा पाउँछन् ।