नाडाद्वारा एपीएफ अस्पताललाई सहयोग


काठमाडौं, नेस

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोरोना संक्रमण रोकथथाम तथा नियन्त्रणका लागि महत्व पूर्ण योगदान पु-याउँदै आएको सशस्त्र प्रहरीको एपीएफ अस्पताललाई विभिन्न मेडिकेटेड सामग्री सहयोग गरेको छ । नाडाले थर्मोसल ब्वाइलेट ५० सेट, स्पिर ५० सेट, बेडसिट ५० सेट, टाबेल ५० थान, मास्क ५ हजार थान सहयोग गरेको महासचिव सुनील रिजालले जानकारी दिनुभयो ।

उक्त सामग्री हस्तान्तरण नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले सशस्त्र प्रहरी उपरीक्षक डा। मीना कुँवरलाई हस्तानतरण गर्नु भएको थियो । बन्दाबन्दीको अवस्थामा पनि नाडाले आफ्नो अस्पताललाई सहयोग गरेकोमा धन्यवाद दिँदै सहयोग स्वरुप प्राप्त यी मेडिकेटेड सामान अस्पतालमा कोरोना उपचारका लागि आउने विपन्न व्यक्तिलाई प्रदान गरिने जानकारी दिनुभयो । कार्यक्रममा नाडाका महासचिव रिजाल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, केन्द्रीय सदस्य मिलनबाबु मल्ललगायतको उपस्थिति रहेको थियो ।