नेपाल–गाम्भियाबीच कूटनीतिक सम्बन्ध स्थापना


काठमाडौं, (नेस)

नेपाल र अफ्रिकी राष्ट्र गाम्भियाबीच कूटनैतिक सम्बन्ध स्थापना भएको छ । नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको गाम्भिया १७०औं मुलुक भएको छ ।

न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघका लागि नेपाली नेपाली राजदूत अमृतकुमार राई र राष्ट्रसंघका लागि गाम्भियाका राजदूत ल्याङ याबुबीच कूटनीतिक सम्बन्ध स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको न्युयोर्कस्थित नेपाली नियोगले जानकारी दिएको छ ।
नेपाल र गाम्भियाबीच स्थापना भएको कूटनीतिक सम्बन्धका बारेमा राष्ट्रसंघका महासचिवलाई समेत जानकारी गराइएको नियोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

गाम्भियाले राष्ट्रसंघको सदस्यता सन् १९६५ सेप्टेम्वर २१ मा लिएको थियो । नेपाल र गाम्भिया दुवै देश असंलग्न आन्दोनका साथै जी ७७ का सदस्य राष्ट्र हुन् ।