सभामुख सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्दै , नेम्वाङ अनुपस्थित


न्युज अफ नेपाल काठमाडौं ।

सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग परामर्श गर्न लागेका छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेपछिको अवस्थाबारे पूर्वसभामुखहरूसँग परामर्श गर्न सभामुखले बैठक बोलाएका हुन्।

केहीबेरमा प्रतिनिधि सभाको ल्होत्से हलमा छलफल हुने सभामुख सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए।बैठकमा पूर्वसभामुख सुवासचन्द्र नेम्वाङलाई पनि बोलाइएको छ। नेकपा एमालेका नेतासमेत रहेका नेम्वाङ बैठकमा नजाने भएका छन्।

आफूलाई उक्त बैठकबारे जानकारी आए पनि पूर्वनिर्धारित अन्य कार्यक्रममा भाग लिनुपर्ने भएकोले छलफलमा नजाने नेम्वाङले बताए।आफलाई खबर आएको र अन्य कार्यक्रममा व्यस्त हुनुपर्ने भएकोले जान पाइने उनले बताएका छन् ।