पूर्व सभामुखसँग परामर्श गर्दै सभामुख सापकोटा


न्युज अफ नेपाल काठमाडौं ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले पूर्व सभामुखसँग परामर्श गर्दैछन् ।सभामुख सापकोटाले संसद विघटनपछिको अवस्थाको बारेमा छलफल गर्न पूर्व सभामुखहरुसँग सुझाव लिन लागेका हुन ।

मंगलबार दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बोलाइएको बैठकमा पूर्वसभामुखहरुसँग पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न लागिएको सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।

आज बोलाइएको पूर्व सभामुखहरुमा दमननाथ ढुंगाना, तारानाथ रानाभाट, रामचन्द्र पौडेल, कृष्णबहादुर महरा, सुभाषचन्द्र नेम्बाङ, ओनसरी घर्तीलगायत रहेका छन् ।