वन मन्त्रीको चर्तिकला: चीनले अनुदान दिएको अक्सिजन सिलिन्डरमा आफ्नो तस्विर टाँसेर वितरण


न्युज अफ नेपाल ,काठमाडौं ।

नेपालमा कोरोना भाइरस संक्रमणलाई फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि चीनले नेपाललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । गत वैशाखमा चीन सरकारले नेपाललाई २० हजार सिलिन्डर अक्सिजन दिने घोषणा गरेकोथियो । घोषणा अनुसार वैशाख २१ मा २ हजार अक्सिजनको खाली सिलिन्डर नेपाल आएको थियो ।

वन तथा वातावरण मन्त्री प्रेम आलेले आफ्नै खर्चमा गृहजिल्लामा मेडिकल सामग्री पुर्याएका छन् । उनले गृहजिल्लाका अस्पतालमा कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने औषधि, ७५ थान भरिएका अक्सिजन सिलिण्डर, सर्जिकल मास्क एक लाख ५० हजार, तीन थान अक्सिजन उत्पादन गर्ने कन्सन्ट्रेटर, ३० एचडियु श्यया, एन्टिजेन किट, रेम्डिसिभिर, स्यानिटाइजरलगायत छन् ।स्वास्थ्य सामग्रीमा अतिरिक्त ७५ थान भरिएका अक्सिजन सिलिण्डर, एक लाख ५० हजार सर्जिकल मास्क, एन्टिजेन किट, रेम्डेसिभिर, स्यानिटाइजर मन्त्री आलेले आफ्नो लगानीमा किनेर दिएको उनका सचिवालयका कर्मचारीको दाबी छ ।

उनले डोटी पुर्याएका सिलिन्डरदेखि औषधीका प्याकेटसम्म आफ्नो तस्विर टाँसेका छन् । ती मध्ये केही हरिया अक्सिजनका सिलिन्डरमा समेत उनै आलेको तस्विर छ । ती सिलिन्डरमै मन्त्री आलेले आफ्नो तस्विर राखेर गृहजिल्लामा प्रचार गरेको स्रोतले जनाएको छ । यद्धपी आलेले भने सोही सिलिन्डरहर आफ्नै खर्चमा किनेर डोटी अस्पतालमा सहयोग गरेको दाबी गरेका छन् । जनता कोरोना महामारीले मृत्युवरण गरिरहँदा अनुदानको सिलिन्डरमा समेत आलेले आफ्नो तस्विर छापेर वितरण गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेको छ ।