सिसिएमसीको सिइओमा पूर्वरथी बालानन्द शर्मा


न्युज अफ नेपाल ,काठमाडौं ।

सिसिएमसीको प्रमुख कार्यकारी अधिकृत(सिइओ)मा नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मालाई नियुक्त गरेको छ। हिजो साँझ बसेको मन्त्रिपरिषद बैठकले शर्मालाई सीसीएमसीको प्रमुखमा नियुक्त गरेको हो ।

यसअघि निर्देशक समितिको प्रमुखमा उपप्रधानमन्त्री ईश्वर पोखरेल थिए । हालै पोखरेललाई सो जिम्मेवारीबाट हटाएपछि प्रधानमन्त्री केपी शर्मा ओली आफैंले निर्देशक समितिको नेतृत्व गर्दै आएका थिए । कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि सरकारले अध्यादेशमार्फत् सिसिएमसीको पुनर्गठन गरेको हो ।