गोली प्रहारबाट घाइते माओवादी नेता पाण्डेको निधन


न्युज अफ नेपाल ,काठमाडौं ।

अज्ञात समुहको गोली प्रहारबाट गम्भीर घाइते माओवादी केन्द्र कपिलवस्तुका जिल्ला सदस्य दिपक पाण्डेको निधन भएको छ ।

युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार गराइरहेका उनको अवस्था थप गम्भीर भएपछि गएराति थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो । पाण्डे र उनीसँगै रहेका एक जना भारतीय नागरिक मोहमद इर्साद खानलाई गत बुधबार राति तौलिहवा(जीतपुर सडकखण्डमा मोटरसाइकलमा आएका व्यक्तिहरूले गोली प्रहार गरेका थिए। उनको पेट र शरीरका विभिन्न भागमा गोली लागेको थियो।

उनलाई सोमबारसम्म भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा उपचार गरिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि हेलिकप्टरबाट महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएकोमा उनको गए राति निधन भएको हो।