नागरिकता अध्यादेश फिर्ता लिन माग



काठमाडौं, (नेस)

गैरसंवैधानिकरूपमा नागरिकता अध्यादेश जारी गरिएको उल्लेख गरी सोमबार सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।वरिष्ठ अधिवक्ताद्वय बालकृष्ण न्यौपाने र बोर्णबहादुर कार्कीद्वारा पेस गरिएको सो रिट निवेदनमा उक्त अध्यादेशलाई फिर्ता लिनका लागि आदेश दिन माग गरिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार बाबुको ठेगान नभएका बच्चालाई पनि वंशजको आधारमा नागरिकता दिन सक्ने अध्यादेश जारी गर्नुभएको थियो । सो अध्यादेशलाई चारैतर्फबाट विरोध भइरहेको छ । पेस भएको रिट निवेदन दर्ता गर्ने वा नगर्ने भन्ने सम्बन्धमा आज मंगलबार निर्णय हुनेछ ।

प्रतिक्रिया दिनुहोस्