कोरोनाबाट थप १८५ जनाको मृत्यु, ७४२५ मा संक्रमण

42
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८५ जनाको मृत्यु भएको छ । त्यस्तै, थप ७ हजार ४२५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सोही अवधिमा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ३ लाख ९८ हजार ४८३ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या १ लाख १५ हजार ४४७ पुगेको छ । जसमध्ये १ लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार २७६ जना संस्थागत आइसोलेसनमा छन् ।