कोरोनाविरुद्ध झन्डै ३ अर्ब विनियोजन


काठमाडौ, (नेस)

सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि उपकरण खरिद गर्न विभिन्न अस्पताललाई २ अर्ब ९३ करोड ८० लाख विनियोजन गरेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार तत्कालका लागि ३ सय ६० आईसीयू बेड, १ सय ८० भेन्टिलेटर, १९ अक्सिजन प्लान्ट र २६ अक्सिजन ट्यांक थप गरिने भएको छ ।

सरकारले विनियोजन गरेको बजेट बाँडफाँडअनुसार कोसी अस्पतालका लागि ६ करोड ८० लाख, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि १८ करोड ८० लाख, गजेन्द्रनारायण सिंह अस्पतालका लागि ३ करोड ८०, नारायणी अस्पतालका लागि ९ करोड ८० लाख, भरतपुर अस्पतालका लागि ९ करोड ८० लाख छुट्याइएको छ ।त्यसै गरी, प्रसूति गृह थापाथली ६ करोड ८० लाख, धुलिखेल अस्पताल ६ करोड ८० लाख, वीर अस्पताल ३० करोड ८० लाख, शहीद गंगालाल अस्पताल ८० लाख, राष्ट्रिय ट्रमा सेन्टर ९ करोड, मनमोहन काडियो भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर ८० लाख, नेपाल प्रहरी अस्पताल ९ करोड ८० लाख, सशस्त्र प्रहरी अस्पताल ९ करोड ८० लाख, शुक्रराज ट्रपिकल अस्पताल ३ करोड, वीरेन्द्र अस्पताल (छाउनी) ९ करोड, निजामति कर्मचारी अस्पताल ६ करोड ८० लाख रकम बिनियोजन गरिएको छ ।

सरकारले कान्ति बाल अस्पतालका लागि ६ करोड ८० लाख, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान १२ करोड ८० लाख, त्रिवि शिक्षण अस्पताल १२ करोड, भरतपुर अस्पताल (चितवन) ८० लाख, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड ८० लाख, जीपी कोइराला श्वास–प्रश्वास अस्पताल ९ करोड, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान ९ करोड, भेरी अस्पताल १५ करोड, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ८० लाख, डडेलधुरा अस्पताल ६ करोड ८० लाख, मेची अस्पताल ९ करोड रुपियाँ विनियोजन गरिएको छ ।त्यसै गरी, जनकपुर प्रादेशिक अस्पतालका लागि ९ करोड ८० लाख, भक्तपुर अस्पताल ३ करोड ८० लाख, बागलुङ अस्पताल ३ करोड ८० लाख, भीम अस्पताल रूपन्देही ३ करोड ८० लाख, लुम्बिनी प्रादेशिक अस्पताल ९ करोड ८०, सुर्खेत प्रादेशिक अस्पताल १२ करोड ८० लाख, सेती प्रादेशिक अस्पताल ६ करोड ८० लाख र महाकाली अस्पतालका लागि ९ करोड ८० लाख रकम विनियोजन गरेको डा. गौतमले जानकारी दिनुभयो ।