औषधि अभाव नभएको उत्पादक संघको दाबी



काठमाडौं (नेस)

बजारमा ज्वरो आउँदा खाने प्यारासिटामोललगायत कोरोना संक्रमणको उपचारमा प्रयोग हुने औषधिहरू पाइन छाडेको समाचार आइरहेकै बेलामा नेपाल औषधि उत्पादक संघले यी औषधिको अभाव नभएको जनाएको छ ।

औषधि उत्पादक संघले विज्ञप्ति जारी गर्दै संघअन्तर्गत रहका उद्योगहरूले बनाउने कुनै पनि औषधि अभाव हुन नदिएको दाबी गरेको छ । संघले औषधिको मौज्दात नभएर वा उत्पादन क्षमता नभएर अभाव भएको नभई कोरोना संक्रमणको वृद्धिसँगै यी औषधिहरूको माग सामान्यभन्दा धेरै गुणा बढी भएको र आन्तरिक ढुवानी तथा कुरियर सेवामा भएको अवरोधका कारण केही दिनदेखि समयमा औषधि सम्बन्धित स्थानमा पु-याउन केही ढिला मात्र भएको जनाएको छ ।

साथै विज्ञप्तिमा अनावश्यक ठाउँमा संचित हुने र आवश्यक ठाउँमा अभाव हुने वातावरणप्रति सजकता अपनाइ दिनुहुन औषधिका सम्पूर्ण थोक व्यवसायीहरूलाई अनुरोध पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्