कोरोनाबाट आज थप १९३ जनाको मृत्यु, ७९१४ मा संक्रमण

84
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना संक्रमणबाट आज देशभर थप १९३ जनाको मृत्यु भएको छ । त्यस्तै, पछिल्लो २४ घण्टामा थप ७ हजार ९१४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसर सोही अवधिमा थप ७ हजार ६६४ जना संक्रमणबाट मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा देशका १८ हजार ९६५ पीसीआर टेष्ट गर्दा ७ हजार ५९८ र ९३१ एन्टिजेन टेष्ट गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको हो ।