रौतहटमा कोरोना संक्रमणबाट हालसम्म ७५ को मृत्यु

56
Shares

सञ्जय कार्की, रौतहट ।

कोरोना संक्रमणबाट रौतहटमा अहिले सम्म ७५ जनाको मृत्यु भएको छ । पछिल्लो चौबिस घण्टामा कोरोना संक्रमितका ४ जना बिरामीको मृत्यु भएसंगै मृतकको संख्या ७५ पुगेको हो ।

कोरोना संक्रमण फैलिएपछि एन्टिजेन वा पिसीआर परिक्षणको दायरा समेत बढाइएको छ । यससंगै रौतहटमा कोरोना संक्रमितको संख्या ९ सय ६४ पुगेको छ भने १ सय ६३ जनामा निको भएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । रौतहटमा अझै ७ सय ५८ जना कोरोना संक्रमित रहेकोमा ७ सय २७ जना होम आईसोलेसनमा रहेका छन । उपचारको लागि गौर अस्पतालमा १७ जना, चन्द्रपुर–२ मा रहेको अस्थायी कोरोना अस्पतालमा ७ जना, परोहा अस्पतालमा २ जना भर्ना भएका छन । उनीहरुको स्वास्थ्यकर्मीको निगरानीमा उपचार भैरहेको जनाइएको छ ।

कोरोना संक्रमण फैलन नदिन रौतहटमा तेस्रो पटक निषेधाज्ञा जारी भएको छ । प्रमुख जिल्ला अधिकारी ईन्द्रदेब यादबले कोरोना संक्रमण फैलन नदिन नागरिक लाई चेतनसिल बनाइएको बताउनु भयो ।