सिमसार क्षेत्रको जमिन व्यक्तिको नाममा

70
Shares

सञ्जय कार्की, रौतहट ।

पर्यटकिय महत्व बोकेको चन्द्रपुर–८ स्थित मरधर सिमसार क्षेत्रको जमिन जमिनदारको नाममा दर्ता र नामसारी भएको खुल्न आएको छ । सुकुम्बासीको नाममा भन्दै १२ कटठा भन्दा बढि क्षेत्रफलको जमिन रौतहट सहित बाहिरी जिल्लाका जमिनदारको नाममा किताकाँट गरेर नामसारी भएको पाइएको छ । सदियौ देखि सिमसार रहेको जमिन हुकुम्बासीको नाममा पास भएपछि त्यसक्षेत्र अतिक्रमणको चपेटामा परेको छ ।

सिमसारको मुहाननै सुक्ने गरी चारैतिर बाट अतिक्रमण हुन थालेपछि जलाशय समेत रितिन थालेको छ । एकातिर सिमसारको जमिन ब्यक्तिको नाममा पास भएपनि अर्कोतिर राज्यले बिभिन्न सरचना निर्माणको लागि बर्षेनी ठुलोधनराशी खर्च गर्दै आएको छ । नापी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख संजय साहले सिमसार क्षेत्रको जमिन ब्यक्तिको नाममा किताकाट रहेको बताउनु भयो । सदियौ देखि पुरातात्वि महत्व बोकेको सो सिमसार क्षेत्रको जमिन मकबानपुरका लोक कुमारी अधिकारी, बाबुरा अधिकारी, प्रतिमा दाहाल, कृष्णहरी दाहाल, सुबोध कुमार, गीता देबी, पर्साका सुरेन्द्र प्रसाद यादब, दिबाकर शर्मा, चितवनका श्यामराज सुबेदी, रौतहटका शेरदिन मिया, साठी चौधरी, दिवाकर शर्मा, सुबोध प्रसाद, साबित्री न्यौपाने, सीता देबी लगायतको नाममा दर्ता रहेको चन्द्रपुर नगरपालिकाको कार्यपालिका सदस्य काजिमान माझीले बताउनु भयो । उहाले सो जमिन बदर गराई नगरपालिकाको स्वामित्वमा ल्याउने पहल भैरहेको बताउनु भयो ।

सो सिमसार क्षेत्रमा साईबेरियन हाँस लगायत बिभिन्न पंन्छिहरुको बासस्थानले गर्दा यसक्षेत्रको शौन्दर्य बढाएको छ तर ०४६ सालमा बनक्षेत्र सुध्दिढिकरण उच्च आयोगको नाम बाट जमिनदार लाईनै उक्त सिमसारको जमिन किताकाँट गरेर बितरण गरेपछि यस्को शौन्दर्यमा समेत ह्यास आएको छ । सो सिमसारको नाममा चन्द्रपुर नगरपालिका लगायतको सरकारी निकाय बाट पर्यटन प्रबद्धनको लागि ठुलोधनराशी खर्च हुदै आएको छ । सिमसारको जमिन ब्यक्तिको नाममा दर्ता गरेको रहश्य खुलेपछि चन्द्रपुर नगरपालिकाले सरकारी तथा सार्बजनिक जग्गा संरक्षण आयोग सिहदबारमा बदरको लागि निबेदन दिएपनि अझै सुनवाई नभएको चन्द्रपुर नगरपालिकाको कार्यालयले जनाएको छ ।

सरकारले पर्यटकिय गन्तब्यको सुचि सार्बजनिक गर्दा मरधर सिमसार क्षेत्र समेत रहेको छ तर सोही क्षेत्रको २१ किता जमिनको १२ बिगाहा क्षेत्रफल जमिन ब्यक्तिको नाममा दर्ता गरी अतिक्रमण हुदा समेत सम्बन्धित निकायले बदर गर्न सकेको छैन । आन्तरिक तथा बाह्य पर्यटकको सम्भवना रहेको ऐतिहासिक तथा पौराणिक महत्व रहेको सिमसार क्षेत्र ब्यक्तिको नाममा दर्ता हुनुले समेत भुमाफियाको चलखेल रहेको पाईन्छ । चन्द्रपुर नगरपालिकाका प्रमुख रामचन्द्र चौधरीले ईतिहास बोकेको सिमसार क्षेत्रको जमिन ब्यक्तिको नाममा दर्ता भएपनि बदरको प्रक्रियामा नगरपालिका रहेको बताउनु भयो । तत्कालिन आयोग लाई भ्रममा पारेर उक्त जमिन ब्यक्तिको नाममा दर्ता भएपनि बदर हुनु पर्नेमा उहाको भनाई रहेको छ ।